कठारमा बाली उपचार शिविर « Khabarhub

कठारमा बाली उपचार शिविर


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको खैरहनी–१० कठारमा सोमबार घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवन र खैरहनी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको थियो । शिविरमा वडा नं ९, १० र ११ का किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्शसमेत दिइएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए ।

परीक्षणका क्रममा भेडे खुर्सानी र अकबरे खुर्सानीमा ओइलाउने, फेद कुहिने रोग र भाइरस, गोलभेँडामा पछौटे डढुवा र गोलभेँडाको पात खन्ने कीरा (टुटा कीरा) तथा मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएको अर्यालले बताए ।

कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : २५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब