रुपन्देहीको मर्चवारीमा कर्मचारीद्वारा काम बन्द « Khabarhub

रुपन्देहीको मर्चवारीमा कर्मचारीद्वारा काम बन्द

जनप्रतिनिधिले गालीगलौज र हातपात गरेको आरोप


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रूपन्देहीको मर्चवारी गाउँपालिकामा कर्मचारीले अनिश्चितकालका लागि प्रशासनिक काम ठप्प पारेका छन् । जनप्रतिधिनिले अश्लिल शब्द बोलेर गालीगलौज गरेको र हातपात समेत गरेको आरोप लगाउँदै कर्मचारीले आइतबारदेखि प्रशासनिक ठप्प पारेका हुन् ।

मर्चवारी गाउँपालिकाका कर्मचारीहरूले संयुक्त हस्ताक्षरमा एउटा ‘सूचना’ जारी गरी अनिश्चितकालका लागि कार्यालयका कामकाज ठप्प पारेको जनाएका छन् ।

वडा न.३ का वडा अध्यक्ष नारायणबहादुर यादवले योजनाहरूको कार्यसम्पादन मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गर्न दबाब दिँदै गाउँपालिका कार्यालयका सब इन्जिनियर प्रेमसागर पासवानलाई अश्लिल शब्दले गालीगलौज र हातपात गरेको जनाइएको छ ।

कर्मचारीहरूले गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ३ का वडाध्यक्ष यादवविरुद्ध रुपन्देही जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका छन् । विगतमा समेत बारम्बार जनप्रतिनिधिहरूबाट यस्ता गतिविधि भइरहेको कर्मचारीहरूको आरोप छ।

यही चैत ८ गते बसेको कर्मचारीहरुको विशेष बैठकले कार्यालयका काम ठप्प पार्ने निर्णय गरेको हो । वाडाध्यक्ष यादवले घटनाप्रति क्षमा याचना गर्नुपर्ने र भयरहित वातावरण सिर्जना गर्नुपर्ने कर्मचारीहरूको माग छ । माग पूरा नभएसम्म कार्यालयका सबै काम बन्द रहने लेखा अधिकृत लेखा अधिकृत युवराज घिमिरेले जानकारी दिए ।

यता, मर्चवारी गाउँपालिका प्रवक्ता तथा वडा न.३ का वडाध्यक्ष यादवले कर्मचारीहरूको आरोप अस्वीकार गरेका छन् । उनले आफूले गालीगलौज र हातपात नगरेको जिकिर गरेका छन् । योजनाका काम सही तरिकाले मूल्याकङ्न गरी रकम भुक्तानी गर्न आग्रह गर्दा कर्मचारीहरूले आनाकानी गरेपछि आफू झर्किएर बोलेको उनको भनाइ छ ।

कर्मचारीहरूले योजना अनुगमन र मूल्याङ्कन गरी रकम भुक्तानी गर्न अनावश्यकरूपमा ढिलो गर्ने गरेको यादवको आरोप छ । उनले उपभोक्ताले शुरू गरेको बाटो निर्माणको पहिलो चरणको काम सम्पन्न भई मूल्याङ्कन समेत हुँदा पनि रकम भुक्तानी नगरेको आरोप लगाए ।

कर्मचारीले आयोजनाको सम्झौता गर्न पनि अनावश्यक रूपमा बढी समय लगाउने गरेको वडाध्यक्ष यादवको आरोप छ ।

विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले मङ्गलबार मर्चवारीका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई राखेर छलफल गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ४२ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल