प्रहरी समायोजनको काम पूरा नहुँदा यस क्षेत्रमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल « Khabarhub

प्रहरी समायोजनको काम पूरा नहुँदा यस क्षेत्रमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।

उनले मङ्गलबार वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगमी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकतालाई पूरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्न नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माणकार्य सम्पन्न गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माण जारी रहेको जानकारी दिँदै प्रहरीको सङ्गठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।

सो अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले गत असारमा सम्पन्न गरेको कार्यसम्पादन गोष्ठीका कारण प्रहरीको काम अझ प्रभावकारी बनाउन आफू सफल भएको बताए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ४० बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका