माधव नेपाल भन्छन् – ओली नेपाली हिटलरको अवतार हुन् « Khabarhub

माधव नेपाल भन्छन् – ओली नेपाली हिटलरको अवतार हुन्


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाएका छन् ।

एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा दिएका हुन् ।

नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उनको भनाइ थियो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले कम्युनिस्ट पार्टीलाई विभाजन तर्फ लगिरहेको आरोप लगाउँदै नेता नेपालले अहिलेको अवस्थामा सबैलाई ओलीको भ्रमबाट मुक्त गर्नु पर्ने बेला आएको बताए ।

‘एमाले हामी भनेर…! जनताको बहुदलीय जनवाद हामीले मानेका छौँ भनेर ओलीले प्रचार गरिरहेका छन् ।’ उनले प्रश्न गरे, ‘ओलीले कहिले जनताको बहुदलीय जनवाद मानेका छन् ?’

जबजको सिद्धान्त पार्टीको बहुमतलाई मान्नु हो तर उनले बहुमतलाई नमानेको नेपालको तर्क छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको सचिवालयमा समेत ओली अल्पमतमा परेको उल्लेख गर्दै नेता नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा रहेको बताए ।

ओलीले तत्कालिन नेकपाको सचिवालयलाई हुलडवादहरुको संगठन, स्थायी कमिटीलाई बाहुबलीको संगठन र केन्द्रीय कमिटीलाई सडक छापहरुको संगठन भनेर आरोप लगाएको नेपालले बताए ।

‘अहिले ओलीले आफ्नो समूहमा आसेपासे दासहरु मात्रै राखेका छन् ।’ नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी र जनताको बहुदलीय जनवाद मान्नेमा आलोचना सुन्न सक्ने क्षमता हुनु पर्छ । तर अहिले ओली समूहमा रहेका कसैले पनि आलोचना सहन सक्दैनन् ।’

खबरहबको सामग्री एप्सबाट पढ्न एन्ड्रोइडका लागि यहाँ आइएओएस (आइफोन)का लागि यहाँ क्लिक गर्नुहोस् । खबरहब अंग्रेजी तथा फेसबुक र युटुबमार्फत पनि हामीसँग जोडिनुहोस् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ४३ बजे

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले