शून्य समयमा भूमि संरक्षणदेखि संसद्को बिजनेससम्म ध्यानाकर्षण « Khabarhub

शून्य समयमा भूमि संरक्षणदेखि संसद्को बिजनेससम्म ध्यानाकर्षण


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे ।

सांसद खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताए ।

सांसद गगनकुमार थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाए ।

सांसद खेमप्रसाद लोहनीले रोकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विंकले बझाङको सैपालका बासिन्दाले यातायातको कठिनाइका कारण चामलसमेत ढुवानी गर्न नपाएको हुँदा सडक निर्माण गर्न सरकारसँग आग्रह गरे ।

सांसद घनश्याम खतिवडाले लगानी ठेक्काहरु अलपत्र परेका विषय सार्वजनिक भइरहेको हुँदा त्यसतर्फ सजग र सचेत भई काम गर्न सरकारलाई सुझाव दिए ।

सांसद अञ्जना विशङ्खेले कोभिड–१९ पुनः फैलिएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

सांसद उमा रेग्मीले दैनिकजसो छ महिला र किशोरीको बलात्कारपछि हत्या भएका घटना रोक्न सरकारले किन प्राथमिकतामा राखेन भनी जिज्ञासा राखे ।

सांसद कृष्णभक्त पोखरेलले चितवन राष्ट्रिय निकुञ्जमा रहेको विश्वको दुर्लभ एकसिँगे गैंडा गणना शुरु भएकामा सरकारलाई धन्यवाद दिँदै संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ५९ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२