२१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ « Khabarhub

२१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट २१ हजार २६० रुपैयाँसहित तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई-९ का ४० वर्षीय उमेश राउत कुर्मी र सोही स्थानका ३० वर्षीय लालबाबु प्रसाद रहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ३२ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने