२१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ « Khabarhub

२१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट २१ हजार २६० रुपैयाँसहित तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई-९ का ४० वर्षीय उमेश राउत कुर्मी र सोही स्थानका ३० वर्षीय लालबाबु प्रसाद रहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ३२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु