‘आइसफल डाक्टर’को टोली सगरमाथा आधार शिविरमा « Khabarhub

‘आइसफल डाक्टर’को टोली सगरमाथा आधार शिविरमा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ ।

विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए । टेलिफोन सम्पर्कमा उनले केही दिनमै शिविर एकतर्फ बाटो निर्माणमा जाने तयारी भइरहेको बताए ।

आधारशिविर पुगेको टोलीले अहिले (रुट) बाटो हेर्ने र आवश्यक तयारीको बारेमा जानकारी लिने काम गरिसकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

उनकाअनुसार बाटो निर्माण गर्ने टोलीमा पाल्देन नामगेल शेर्पा, आङसार्की शेर्पा, मिङ्गमातेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङ्छु शेर्पा र फुछेतर शेर्पा रहेका छन् ।

आइसफल डाक्टरले सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाङ्ने कामसमेत सोही टोलीले गर्ने आइसफल डाक्टर आङसर्की शेर्पाले बताए ।

सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको भएपनि सगरमाथा आरोहणका लागि भने कुनैपनि समूहले अनुमति नलिएको निर्देशक मीरा आचार्यले बताइन् ।

सगरमाथा बाहेक अन्य हिमाल आरोहणका लागि भने तेस्रो समूहले अनुमति लिएको छ । अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएका छन् भने चार जनाको एउटा समूहले नुप्त्से र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति पाएका छन् ।

योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या २० पुगेको छ ।

अघिल्लो वर्ष भने कोरोनाका कारण हिमाल आरोहण बन्द भएको थियो । व्यवसाय ठप्प हुँदा घरव्यवहार धान्न नै मुस्किल परेको व्यवसायी किताव सिं तामाङले बताए । यो सिजनमा पर्यटक आउने आशा लागेको तामाङको भनाइ छ । केही पर्यटक आउनेक्रम रहेको र हिमाल आरोहणका लागि अनुमतिसमेत प्रदान गर्न थालिएसँगै यस क्षेत्रमा लाग्नेमा आशा पलाएको अर्का पर्यटक व्यवसायी तुलबहादुर तामाङले बताए ।

खबरहबको सामग्री एप्सबाट पढ्न एन्ड्रोइडका लागि यहाँ आइएओएस (आइफोन)का लागि यहाँ क्लिक गर्नुहोस् । खबरहब अंग्रेजी तथा फेसबुक र युटुबमार्फत पनि हामीसँग जोडिनुहोस् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ३० बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा