'आइसफल डाक्टर'को टोली सगरमाथा आधार शिविरमा | Khabarhub Khabarhub

‘आइसफल डाक्टर’को टोली सगरमाथा आधार शिविरमा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ ।

विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए । टेलिफोन सम्पर्कमा उनले केही दिनमै शिविर एकतर्फ बाटो निर्माणमा जाने तयारी भइरहेको बताए ।

आधारशिविर पुगेको टोलीले अहिले (रुट) बाटो हेर्ने र आवश्यक तयारीको बारेमा जानकारी लिने काम गरिसकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

उनकाअनुसार बाटो निर्माण गर्ने टोलीमा पाल्देन नामगेल शेर्पा, आङसार्की शेर्पा, मिङ्गमातेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङ्छु शेर्पा र फुछेतर शेर्पा रहेका छन् ।

आइसफल डाक्टरले सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाङ्ने कामसमेत सोही टोलीले गर्ने आइसफल डाक्टर आङसर्की शेर्पाले बताए ।

सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको भएपनि सगरमाथा आरोहणका लागि भने कुनैपनि समूहले अनुमति नलिएको निर्देशक मीरा आचार्यले बताइन् ।

सगरमाथा बाहेक अन्य हिमाल आरोहणका लागि भने तेस्रो समूहले अनुमति लिएको छ । अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएका छन् भने चार जनाको एउटा समूहले नुप्त्से र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति पाएका छन् ।

योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या २० पुगेको छ ।

अघिल्लो वर्ष भने कोरोनाका कारण हिमाल आरोहण बन्द भएको थियो । व्यवसाय ठप्प हुँदा घरव्यवहार धान्न नै मुस्किल परेको व्यवसायी किताव सिं तामाङले बताए । यो सिजनमा पर्यटक आउने आशा लागेको तामाङको भनाइ छ । केही पर्यटक आउनेक्रम रहेको र हिमाल आरोहणका लागि अनुमतिसमेत प्रदान गर्न थालिएसँगै यस क्षेत्रमा लाग्नेमा आशा पलाएको अर्का पर्यटक व्यवसायी तुलबहादुर तामाङले बताए ।

खबरहबको सामग्री एप्सबाट पढ्न एन्ड्रोइडका लागि यहाँ आइएओएस (आइफोन)का लागि यहाँ क्लिक गर्नुहोस् । खबरहब अंग्रेजी तथा फेसबुक र युटुबमार्फत पनि हामीसँग जोडिनुहोस् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ३० बजे

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छ : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

६ सय ७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

चितवन- राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट प्रहरीले ६ सय