शून्य समयमा सांसदले उठाए भूमि संरक्षणदेखि संसद्को बिजनेससम्मका प्रसंग « Khabarhub

शून्य समयमा सांसदले उठाए भूमि संरक्षणदेखि संसद्को बिजनेससम्मका प्रसंग


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद खगराज अधिकारीले संसदमा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताए ।

सांसद गगनकुमार थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाए ।

यसैगरी सांसद खेमप्रसाद लोहनीले रोकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद आशाकुमारी विकले बझाङको सैपालका बासिन्दाले यातायातको कठिनाइका कारण चामलसमेत ढुवानी गर्न नपाएको हुँदा सडक निर्माण गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद घनश्याम खतिवडाले लगानी ठेक्काहरु अलपत्र परेका विषय सार्वजनिक भइरहेको हुँदा त्यसतर्फ सजग र सचेत भई काम गर्न सरकारलाई सुझाव दिए ।

यसैगरी सांसद अञ्जना विशङ्खेले कोभिड–१९ पुनः फैलिएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताइन् । सांसद उमा रेग्मीले दैनिकजसो छ महिला र किशोरीको बलात्कारपछि हत्या भएका घटना रोक्न सरकारले किन प्राथमिकतामा राखेन भनी प्रश्न गरेकी थिइन् ।

सांसद कृष्णभक्त पोखरेलले चितवन राष्ट्रिय निकुञ्जमा रहेको विश्वको दुर्लभ एकसिँगे गैंडा गणना शुरु भएकामा सरकारलाई धन्यवाद दिँदै संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

खबरहबको सामग्री एप्सबाट पढ्न एन्ड्रोइडका लागि यहाँ आइएओएस (आइफोन)का लागि यहाँ क्लिक गर्नुहोस् । खबरहब अंग्रेजी तथा फेसबुक र युटुबमार्फत पनि हामीसँग जोडिनुहोस् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ५४ बजे

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ