९० प्रतिशत नेपालीमा खानेपानीको पहुँच पुगेको मन्त्री थापाको दाबी « Khabarhub

९० प्रतिशत नेपालीमा खानेपानीको पहुँच पुगेको मन्त्री थापाको दाबी


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिबी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला भएको बताएका छन् ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धमा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको बताए ।

नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताको सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेका बताए ।

विश्वमा दुई अर्ब २० करोड जनसङ्ख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेका बताउँदै मन्त्री थापाले भने, “खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड–१९ को प्रभावले थप बिकराल बनाएको छ जसको प्रभाव गरीब तथा जोखिमयुक्त मुलुकहरूमा बढी छ ।”

नेपालका उच्च हिमाल पानीका उच्च शिखरका रुपमा रहेका तथा तिनले पर्यावरणीय प्रणालीलाई संरक्षण गरेका बताउँदै त्यसबाट निसृत नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्जाल र जलीय प्रणालीले दक्षिण एसियामा बस्ने एक अर्ब ५० करोड मानिसलाई जोडेको यथार्थ मन्त्री थापाले प्रस्तुत गरे ।

बैठकमा छ मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख, ५८ देशका मन्त्रीसहित ८६ जनाले भाग लिएका नियोगले जनाएको छ । – रासस

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १० बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले