प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए « Khabarhub

प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोठाटारमा प्रेमी–प्रेमिकाबीच आपसी झगडाका क्रममा आगो लगाउँदा दुबै जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले घाइतेहरु दुई जना नै प्रेमी–प्रेमिका रहेको र उनीहरुबीच विवाद हुँदा आगो लगाएर घाइते भएको जानकारी दिए ।

एसपी बस्नेतका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो ।

जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए । युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मर्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एपी बस्नेतले बताए ।

आगोले युवतीको अनुहार लगायत माथिल्लो भाग जलेका कारण कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ भने युवकको पेटको भाग सामान्य जलेकाले जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १६ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा