अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप « Khabarhub

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए ।

ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए ।

‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने ।

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो । नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको तर्क पनि गरे । ओली व्यक्तवादी भएको आरोप लगाउँदै नेता नेपालले आफूहरू ओली प्रवृत्तिविरुद्ध लडिरहेको धारणा राखे ।

नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गरे । उनले आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५८ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले