बंगलादेशको भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता « Khabarhub

बंगलादेशको भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत अपराह्न ५ : १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी अवतरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति भणडारीले आजै त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका