भीमफेदी–कुलेखानी–काठमाडौँ सडक भोलिदेखि सञ्चालन हुँदै « Khabarhub

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक भोलिदेखि सञ्चालन हुँदै


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु