साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श « Khabarhub

साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साँढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् ।

लोक सेवा आयोगले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘कार्य सम्पादनका छ वर्ष’ विषयक पुस्तक सार्वजनिककीकरण कार्यक्रममा अध्यक्ष उमेशप्रसाद मैनालीले एक दर्जन बढी संस्थाले परामर्श नलिएको बताएका हुन् ।

अध्यक्ष मैनालीले वीर अस्पताल (नाम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता ठूला सङ्गठित संस्थाले नै आयोगको परामर्श लिनुपर्ने विषयलाई बुझ पचाएको बताए । “हाम्रो पदावधि आजदेखि सकिँदै छ, आयोगमा छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ, भोलिदेखि परीक्षा, बढुवा, अन्तरवार्ता, नतीजा प्रकाशन सबै रोकिन्छ, सचिवसम्मको बढुवा रोकिन्छ, पदाधिकारी नहुँदा निजामती र सङ्गठित संस्थामा कर्मचारी अभाव हुन्छ, यसैले छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ”, उनले भने ।

आयोगले निजामतीका साथै ११९ सङ्गठित संस्थाको कर्मचारी नियुक्ति प्रक्रियामा काम गर्दै आएको छ । आयोगको क्षेत्राधिकार विस्तारपछि सङ्गठित संस्थामा आवेदन दिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । ती संस्थामा समेत निजामती सेवामा जस्तै योग्य कर्मचारी स्वच्छ र निष्पक्ष रुपमा सिफारिस गर्ने आयोगको प्रतिबद्धता छ ।

आयोगमा देखिएका समस्या

विसं २०७१ चैत ११ गतेदेखि आजसम्मको छ वर्षे अवधिमा आयोगको परामर्शलाई झञ्झट र बोझका रुपमा लिने गरेको पाइएको अध्यक्ष मैनालीले सुनाए । परामर्श नै नलिने वा लिएकामा फगत औपचारिकता निर्वाहको रुपमा लिने गरेको पाइएको छ ।

अधिकांश परामर्श अनादर गरिएको आयोगको गुनासो छ । यसबाट संविधानको आशय र भावनाको अवमूल्याङ्कन भएको छ । ‘‘अझै पनि आयोगलाई छलेर अस्थायी, करार, ज्यालादारी आदिमा भर्ना गरेर आफ्नालाई बर्कोभित्रबाट सरकारी सेवामा छिराउने काम रोकिएको छैन’’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सीमित प्रतियोगिता, स्वतः बढुवा, सीमित खुला प्रतियोगिता, ज्यालादारी, अस्थायीलाई उमेर हद नलाग्ने जस्ता योग्यता प्रणाली प्रतिकुलका पदपूर्तिका अभ्यास गर्नका लागि सेवा शर्तसम्बन्धी कानून आयोगको परामर्शमा निर्माण गर्न नचाहेको देखिएको निष्कर्ष पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । सार्वजनिक संस्थाको पाठ्यक्रम अनुपयुक्त रहेकाले यसलाई परिमार्जन गर्ने काम चुनौतीपूर्ण रहेको आयोगले जनाएको छ । निजामती सेवाको अप्राविधिकतर्फको पाठ्यक्रम परिमार्जन भए पनि प्राविधिकतर्फको पाठ्यक्रम परिमार्जन गर्न बाँकी रहेको कार्यक्रममा जानकारी गराइएको छ ।

विश्वमै परीक्षण विधिमा नवीन प्रयोग भइरहेकामा आयोगले पनि त्यसलाई अवलम्बन गर्न स्रोत, साधन र क्षमता बढाउनुपर्ने माग गरेको छ । कुनै पनि परीक्षण विधि पूर्ण नहुने भएकाले पूर्णतातिर लैजाने खालका परीक्षण विधि क्रमशः भित्र्याउनु चुनौतीपूर्ण रहेको आयोगको ठहर छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ०२ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण