उद्योगपति अग्रवाल एमालेमा प्रवेश « Khabarhub

उद्योगपति अग्रवाल एमालेमा प्रवेश


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उद्योगपति अग्रवाल एमालेमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गरेका उद्योगपति अग्रवाललाई खादा लगाई स्वागत गरेका थिए ।

भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन्। लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत हुन्।

केही दिन अघि २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ५२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका