उद्योगपति अग्रवाल एमालेमा प्रवेश « Khabarhub

उद्योगपति अग्रवाल एमालेमा प्रवेश


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उद्योगपति अग्रवाल एमालेमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गरेका उद्योगपति अग्रवाललाई खादा लगाई स्वागत गरेका थिए ।

भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन्। लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत हुन्।

केही दिन अघि २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ५२ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः