गृहमन्त्री थापा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री थापा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्ककोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा राजदूत फेलिसिटीलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले कोरोना संकटमा अस्ट्रेलियामा रहेको नेपालीहरुको सुरक्षाका लागि अस्ट्रेलियाले देखाएको चासोप्रति आभार प्रकट गरे ।

गृहमन्त्री थापाले नेपाललाई अस्ट्रेलियाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटमा उनले नेपालमा अस्ट्रेलियाली लगानीका लागि भूमिका खेल्न राजदूतसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा राजदूत फेलिसिटीले नेपाल–अस्ट्रेलिया सम्बन्धको चर्चा गर्दै नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल पार्न अस्ट्रेलियाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : ५३ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले