सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित सेवा « Khabarhub

सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित सेवा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लुमा ग्लोबल आइएमई बैंकले शाखारहित सेवा सञ्चालन गरेको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो।

ग्लोलब आईएमई बैंकको शाखारहित बैंकिङ सेवाको सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले उद्घाटन गरिन् । शाखारहित बैंकिङ सेवाका लागि बैंकले मानकुमार श्रेष्ठलाई प्रतिनिधिमा नियुक्त गरेको छ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टोलिफोनको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

योसँगै ग्लोबल आईएमई बैंकका शाखारहित सेवा २५६ पुगेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब