सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित सेवा « Khabarhub

सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित सेवा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लुमा ग्लोबल आइएमई बैंकले शाखारहित सेवा सञ्चालन गरेको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो।

ग्लोलब आईएमई बैंकको शाखारहित बैंकिङ सेवाको सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले उद्घाटन गरिन् । शाखारहित बैंकिङ सेवाका लागि बैंकले मानकुमार श्रेष्ठलाई प्रतिनिधिमा नियुक्त गरेको छ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टोलिफोनको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

योसँगै ग्लोबल आईएमई बैंकका शाखारहित सेवा २५६ पुगेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १८ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले