भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ३ लाख ३२ हजारमा संक्रमण « Khabarhub

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ३ लाख ३२ हजारमा संक्रमण

२४ घण्टामा २२५६ को मृत्यु, चुनावी सभा र र्‍यालीमा प्रतिबन्ध


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि (सोमबार) वैशाख ९ मा भारतमा दोस्रो धेरै ३ लाख १५हजार ८०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३६ लाख ४१ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २५६ जनाको मृत्यु भएको छ ।

दिल्लीमा मात्रै ३०६ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३०६ जनाको मृत्यु भएको छ ।

योसँगै दिल्लीमा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या १३ हजार १९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । योसँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ९१ हजार ६१८ पुगेको छ ।

संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ।

सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

चुनावी सभा र र्‍यालीमा प्रतिबन्ध

कोरोनाभाइरसको सङ्क्रमण अस्वाभाविक रूपमा बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले यस्तो कदम चालेको हो ।

निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पनि जनाएको छ।

तस्वीर : रोयटर्स

महामारीबाट अत्यन्तै प्रभावित मध्येको राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन चरम अभाव भएको चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ । अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएका छन्।

९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ४१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध