एमाले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमा छलफल गरिँदै « Khabarhub

एमाले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमा छलफल गरिँदै

खनाल-नेपाल समूहका नेताहरूको प्रष्टिकरणको अध्ययन गरिने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी भएको नेता विशाल भट्टराईले जानकारी दिए ।

सांगठनिक प्रतिबेदनअनुसार नेताहरूको कार्यविभाजनको समेत तयारी भएको छ । ओलीले आफू अनुकुलका नेताहरूलाई जिल्लामा इञ्चार्ज तोक्नेसमेत तयारी गरेको जनाइएको छ ।

केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

बैठकमा प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरणको जवाफबारे पनि अध्ययन हुने भट्टराईले जानकारी दिए ।

‘उनीहरुको जवाफ अध्ययन गरेर के कस्तो कदम चाल्ने भन्नेबारे बैठकमा छलफल हुनेछ, सम्भवत आजै कारबाहीको निर्णय नहुन सक्छ, भट्टराईले भने ।

बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो ।

प्रष्टिकरणपछि विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार वार्ता भए पनि विवाद मिलेको छैन ।

ओलीले बिहीबार राति नै नेता बामदेव गौतमलाई पनि भेटेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ४५ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड