साउदीमा अस्पतालले २ करोड ५० लाख मिनाहा गरिदिएपछि स्वदेश फर्किए भुजेल | Khabarhub Khabarhub

साउदीमा अस्पतालले २ करोड ५० लाख मिनाहा गरिदिएपछि स्वदेश फर्किए भुजेल



दोहा- वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कापनीमा काम गर्दा दुर्घटनामा परी अपांग भएका मोरङको सुन्दरहरैचा – ९ का बेद बहादुर भुजेल स्वदेश फर्किएका छन् ।

अढाई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेललाई बिहीबार अपराह्न स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ । उनी नेपालबाट श्रमसम्झौता गरेर गएको कम्पनी छोडेर अन्यत्न काम गर्दैगर्दा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा उनलाई रियादमा रहेको फेमेली केयर अस्पताल भर्ना गरिएको र तीन महिना अचेत अवस्थामा रहेका थिए । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाह पश्चात उनको अबस्थामा उल्लेख्य सुधार आएको थियो।

अस्पताल बसाई र उपचार खर्चको विल आठ लाख साउदी रियालभन्दा बढी आएको थियो । उनी गैरकानूनी हैसियतमा रहेर काम गरी रहेको अवस्थामा दुर्घटनामा पर्दा उपचारको क्रममा खर्च भएको अस्पतालको विल तिर्ने जिम्मा कमैले पनि लिएन ।

उपचार खर्चको बिल कसैले पनि तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरी दूतावासको जिम्मा लगाएको थियो ।

साउदीमा रहेको कुनै पनि विदेशी नागरिक माथि कुनै केस लागेको छ भने उक्त केस फछयौंट नहुँदासम्म त्यस्ता व्यक्तिलाई साउदीबाट बाहिर जाने अनुमति हुँदैन ।

अस्पतालको विलमा निकै ठूलो रकम रहेको र उनी गैरकानूनी हैसियतमा भएको हुदा उक्त रकम कसैले पनि तिर्ने अवस्था नदेखिएपछि दूतावासले सुरुमा उनलाई साउदी पठाउने म्यानपावर र रोजगारदाता कम्पनीले विभिन्‍न चरणमा गरी २५/२५ हजार साउदी रियाल व्यहोरने गरी जम्मा पचास हजार रियाल दिने सहमति भयो ।

दूतावासका अनुसार भुजेलको तर्फबाट एक जना साउदी कानून व्यवसायी रखी प्रतिरक्षाको सुरुवात गरिएको थियो । तर, दुई वर्षसम्म कुनै कानूनी प्राप्ति हुन सकेन ।

तर पनि दूतावासले उनलाई स्वदेश पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयासरत गरिरह्यो । विल तिर्न नसकिने भएपछि अस्पताललाई नै भुजेलको केस फिर्ता लिन राजी पार्नु बाहेक अरु कुनै विकल्प थिएन् ।

यसबीचमा दूतावासले अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटक पटक भेटवार्ता र पत्राचारमार्फत भुजेल बिरुद्धको मुद्धा फिर्ता लिई उनलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेको थियो ।

दूतावासको अथक प्रयासको परिणाम स्वरूप अस्पतालले गत दुई हप्ता अघि उनी विरुद्ध अदालतमा रहेको केस फिर्ता लियो र उपचारका क्रममा खर्च भएको ८ लाख २३ हजार साउदी रियाल नेपाली रुपैया २ करोड ५० लाख भन्दा बढी  रकम मिनाहा गरी मुद्दा फिर्ता लिएको थियो ।

मुद्दा फिर्ता पछि फिर्तीका लागि आवश्य सम्पूर्ण खर्च गैरवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदी व्यवस्था गरेपछि उनलाई स्वदेश पठाईएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ३३ बजे

सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण