काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर | Khabarhub Khabarhub

काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ ।

यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ ।

पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पुर्‍याइएको काभ्रे कांग्रेसले जनाएको हो ।

जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी सङ्ख्या २० हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए ।

उनले भने, “अहिले काभ्रे कांगे्रसमा २० हजार क्रियाशील सदस्य भइसक्नुभएको छ, तोकिएको समयसीमासम्म केन्द्रीय कार्यालयमा पठाउनेछौँ ।”

लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका १० हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिए ।

लामाका अनुसार यसबीचमा पार्टीमा प्रवेश गराउने क्रम पनि जारी छ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा गत वर्ष पुसदेखि पुनः शुरु गरिएको थियो ।

हालसम्म नवीकरण भएका सात हजार ७०० सदस्य र पाँच हजार ४०० नयाँ सदस्यको ‘कम्प्युटर इन्ट्री’ भइसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले जानकारी दिए ।

नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भइसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्युटर इन्ट्रीको काम भइरहेको उनले बताए ।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ ।

यसअघि सदस्यता बिस्तारको कार्यतालिकाअनुसार गत चैत ३० गतेसम्म तोकिएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार उक्त अवधिसम्म नवीकरण र नयाँ गरी छ लाख १० हजार १३४ त्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : १५ बजे

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् ।

वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने 

काठमाडौं– वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा