अपराधमुक्त शहर निर्माणका निम्ति सुदृढ अन्तरराष्ट्रिय सहयोगमा नेपालको जोड « Khabarhub

अपराधमुक्त शहर निर्माणका निम्ति सुदृढ अन्तरराष्ट्रिय सहयोगमा नेपालको जोड


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ ।

‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र जनसाधारणको सहभागिता बढाउनुपर्नेमा नेपालले जोड दिएको हो ।

अप्रत्यक्षरुपमा उक्त छलफलमा आज भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित र भयरहित वातावरणमा समावेशी, उत्थानशील एवं समृद्ध समाज स्थापनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

उनले हिंसा, अपराध, असुरक्षा तथा सामाजिक अपराधलगायत अनेक जोखिमको सामान गर्दै शहरहरूलाई अपराधमुक्त तुल्याउन नेपाल सरकारले गरेका प्रयासबारे जानकारी दिए ।

अतिकम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नत हुने आकाङ्क्षा पूरा गर्न नेपालले अपराध निवारण तथा दिगो शहरी विकासमा आफूलाई केन्द्रित गरेको जानकारी दिँदै गृहमन्त्रीले त्यसका लागि सङ्घीय संरचनाका तीनवटै निकायसँग सशक्त समन्वय र सहयोग कायम गरेर अघि बढिरहेको बताए ।

अपराध रोकथाम तथा शहरी विकासका नीति तथा कार्यक्रममा युवा, महिला, स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिएको मन्त्री थापाले बताए ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको एकदिने उक्त छलफलमा १६ देशबाट मन्त्रीस्तरीय प्रतिनिधित्व भएको थियो भने धेरै उच्चस्तरीय वक्ताले भाग लिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ४१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग