६ वर्षपछि पुरानै अवस्थामा फर्किए कीर्तिपुरबासी « Khabarhub

६ वर्षपछि पुरानै अवस्थामा फर्किए कीर्तिपुरबासी

पुनर्स्थापनामा नवलपुर अब्बल



कीर्तिपुर (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिकाको दुर्गम पहाडी गाउँ कीर्तिपुरका रणबहादुर सोती ६ वर्षअघि आएको भूकम्पमा परी घाइते भए ।

परिवारसँगै घरमा रहेका उनको घरको एक छेउ भूकम्पले भत्कायो । घरको भन्दा पनि ज्यानको माया बढी भयो, सबै बाहिरतिर भागदौड गर्न थाले । भूकम्प गएको झण्डै दुई घण्टापछि प्रहरी आइपुगेको सोती सम्झन्छन् ।

भूकम्पले कीर्तिपुरका १०६ घरमा क्षति हुन पुग्यो । घर भत्किएपछि यहाँका बासिन्दाको लामो समय त्रिपालमुनी बास भयो ।

भूकम्प गएको तीन वर्षपछि २०७५ जेठ १६ गते मात्रै नवलपुरमा जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय स्थापना भयो । कार्यालय स्थापना भएपछि मात्रै यहाँका पीडित परिवारले राहत पाएका थिए ।

भूकम्प गएको झण्डै वर्ष दिनपछि मात्रै सरकारबाट पाएको राहतमा थपथाप गरेर अहिले सबैले घर निर्माण गरेको सोही ठाउँकै बासिन्दा देवचुली नगरपालिका ६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए ।

१०६ घरमा क्षति भएकोमा अहिले १०५ घर निर्माण सम्पन्न भएको सोतीले बताए ।

देवचुली नगरपालिकाको सबैभन्दा दुर्गम गाउँ कीर्तिपुरका बासिन्दाले अहिले पुरानै लयमा फर्किएको अर्का स्थानीय लुलबहादुर सुनारी बताउँछन् ।

पुनर्निर्माणमा नवलपरासी अगाडि

२०७२ वैशाख १२ गते गएको महाभूकम्पले १४ जिल्ला अति प्रभावित बनेका थिए । १७ जिल्लालाई कम प्रभावित जिल्लामा राखिएको थियो ।

कम प्रभावित जिल्लामा परेको नवलपरासीमा (नवलपुर छुट्टिनुअघि) १ हजार ७१ घर क्षति भएको इकाईको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको विवरणमा उल्लेख छ ।

पूर्वी नवलपरासीमा १ हजार ५३ र पश्चिम नवलपरासीमा २१ घर क्षति भएकोमा १ हजार ५३ जनाले तेस्रो किस्तासम्म लगेर काम सम्पन्न गरेको स्थानीय पूर्वाधार कार्यालय नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए । दुवै जिल्लामा गरी ९७.७७ प्रतिशत लाभग्राहीले काम सम्पन्न गरेका छन् ।

भूकम्पले नवलपुरका १३८ वटा विद्यालयसहित दुवै जिल्लामा २सय ८ वटा विद्यालयमा क्षति पुगेको थियो ।

गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पले गण्डकी प्रदेशको गोरखा जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीमेली)काअनुसार भूकम्पबाट अति प्रभावित गोरखामा ८५.०९ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

यस्तै, कम प्रभावित बाग्लुङमा ६१.८५ प्रतिशत, कास्कीमा ५६.२२, लमजुङ्मा ५९, म्याग्दीमा ६५.४८, पर्वतमा ५८.१४, स्याङजामा ५४.९९ र तनहुँमा ६७.८८ प्रतिशत काम सम्पन्न भएको पुनर्निर्माणको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

भूकम्पले प्रभावित भएका भनी तोकिएका ३१ जिल्ला मध्ये दास्रो प्रगतिमा दोलखा जिल्ला परेको छ । दोलखामा ८६.७५ प्रतिशत प्रगति भएको छ भने काठमाडौँमा सबैभन्दा कम ४२.२५ प्रतिशत मात्रै प्रगति भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ५४ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र