कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’ « Khabarhub

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्यापछि साढे ३ घण्टा देखि उडान तथा अवतरण अवरुद्ध छ ।

३३ पटक भन्दा बढी समय काठमाडौंका आकाशमै फन्को लगाएपछि कतार एयरवेजको जहाज ढाका डाइभर्ट भएको हो । यसअघि दुबई एयरवेजको जहाज पनि दिल्ली पठाइएको थियो।

विमानस्थल बन्द भएपछि धेरै आन्तरिक उडानहरू पनि रोकिएका छन् । जसका सयौं यात्रु प्रभावित भएका छन्। प्राविधिक समस्या समाधानका लागि टोली खटाइएको र चाँडै उडान सुचारु गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ९ : १८ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा