प्रदेश–२ को नाममा ६ प्रस्ताव | Khabarhub Khabarhub

प्रदेश–२ को नाममा ६ प्रस्ताव


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को नाम र राजधानी तोक्न बिहीबार प्रस्ताव दर्ता सकिएको छ । नामाकरणको लागि ६ र स्थायी राजधानीको लागि ७ वटा प्रस्ताव दर्ता भएको हो ।

नामाकरणको लागि मधेश प्रदेश नामले दुई दलले प्रस्ताव दार्ता गराएको प्रदेश सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार मध्य मधेश, मिथिला–भोजपुरा, जनक र जानकीको लागि एक/एक वटा प्रस्ताव गरी जम्मा ६ प्रस्ताव दर्ता भएका छन् ।

मधेशको लागि जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले दर्ता गराएका हुन् । मिथिला–भोजपुरा नामले कांग्रेसले दर्ता गराएका छन भने जनक र जानकी नामले नेकपा एमालेले दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले पार्टी भन्दा छुट्टै मध्य मधेश प्रदेशको नामले प्रस्ताव दर्ता गराएको छ । स्थायी राजधानीको लागि सातवटा प्रस्ताव दर्ता भएको छ । राजधानी तोक्न पाँच जनकपुरधाम र दुई वीरगञ्जको नामले दर्ता भएको हो ।

सत्तारुढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम प्रस्ताव दर्ता गराएका हुन् । तर, सत्तारुढ दल जसपा र कांग्रेसबाट दुई/दुई वटा प्रस्ताव दर्ता भएको हो । जसपाका सांसद सिहासन साह कलवार र कांग्रेसका शंकरप्रसाद चौधरीले वीरगञ्जको लागि प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवहाले जनकपुरधाम नामले दर्ता गराएका छन् ।

हाल सतारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य छन् ।

यसअघि ०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानी सम्बन्धी तीनवटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो ।

नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाई मत आउन सकेन । यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेश प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेश नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो ।

प्रदेश सभामा कुल एक सय सात सांसद मध्ये माओवादी केन्द्रको ४ जना सांसद निलम्बन भएपछि १ सय ३ जना मात्रै छन् । नाम र राजधानीकालागि २ तिहाइ मत ६९ सासद आवश्यक पर्ने छन् ।

मधेश प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीको सांसद जोड्दा ६२ सांसद पुग्छ । दुईतिहाइ बहुमत पुर्‍याउन थप ७ सांसद आवश्यक पर्छ ।

प्रस्तावबारे प्रदेशसभामा छलफल हुने
प्रस्तावबारे आजको प्रदेशसभा बैठकमा छलफल हुनेछ । प्रदेशसभा सचिवालयले जारी गरेको सुचना अनुसार पाँचौं अधिवेशनको दोस्रो बैठक शुक्रबार एक बजेलाई बालाइएको छ ।

बैठकमा प्रदेश प्रमुखले विधेयकका विषयमा पठाएको पत्र प्रस्तुत र राजधानी र नामाकरणको लागि दर्ता भएको प्रस्ताव टेबल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

लामो समयपछि प्रदेश सभाको पाँचौं अधिवेशन चैत अन्तिममा शुभारम्भ भएको थियो । कार्तिक ३ गतेको बैठक पश्चात स्थगित भएको प्रदेश २ को संसद बैठक पाँच महिना चार दिनपछि यसयघि चैत ३० गते बसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ११ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का