हावाहुरीबाट जिल्लामा करीब दुई करोडको क्षति « Khabarhub

हावाहुरीबाट जिल्लामा करीब दुई करोडको क्षति


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ ।

कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए ।

उनका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।

उनले हावाहुरीले करीब ५० लाख बराबरको केराको बोट नष्ट भएको बताए । मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।

जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको तरकारी बाली र फलफूलसमेत नष्ट भएको उनको भनाइ छ । आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : २७ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु