एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेदवार बनाउने | Khabarhub Khabarhub

एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेदवार बनाउने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उठाउने घोषणा गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताएका हुन् ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बादललाई उठाउने बताएको जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए ।

जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदैछ । बादललाई माओवादी केन्द्र कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।

यसैबीच नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई के कस्तो कारवाही गर्ने भन्‍नेबारेमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय भएको हो।

एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीमा फ्लोरक्रस गर्ने ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ ।

स्पस्टीकरण सोधिनेमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरू रहेका छन्।

एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच मेरियट होटलमा बुधबार र बिहीबार भएको वार्ता खासै सकारात्मक नभएपछि संस्थापन पक्षले कारबाहीको प्रक्रियालाई निरन्तरता दिएको हो।

त्यस्तै ओलीले नयाँ स्थायी कमिटी पुनर्गठन गरेका छन्। ओली गठन गरेको स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेतालाई समेटिएको छैन।

स्थायी कमिटीमा ईश्वर पोखरलपछि रामबहादुर थापा बादललाई राखिएको छ। स्थायी कमिटीमा क्रमशः केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।स्थायी कमिटीमा बाँकी सदस्यहरु पछि मनोनयन गर्ने बताइएको छ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ३ : ३७ बजे

कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

काठमाडौं – कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी

नागढुङ्गा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता

धादिङ – गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा

सेनाले गर्‍यो बाढीपहिरोमा फसेका ९८९ जनाको सकुशल उद्धार

काठमाडौं – नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका

गाडीको अग्रिम टिकट बन्द नहुने, काठमाडौंमै दशैँ मनाउन जोड (१० बुँदे निर्णयसहित)

काठमाडौं– मंगलबार बिहान काठमाडौंमा एकाएक चर्चा चल्यो– ‘दशैंको अग्रिम टिकट

जापानका नयाँ प्रधानमन्त्रीले भने – सुरक्षा अवस्था दोस्रो विश्वयुद्धपछिकै गम्भीर

एजेन्सी – जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मुलुकले दोस्रो विश्वयुद्धपछिको