जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न ठोस कदम चालौँ : प्रधानमन्त्री मोदी « Khabarhub

जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न ठोस कदम चालौँ : प्रधानमन्त्री मोदी


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान गरेका छन् ।

भर्चुअल रुपमा बिहीबार भएको जलवायु शिखर सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यसतर्फ काम गरिरहेको र सन् २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराए । साथै उनले सफा उर्जा, उर्जा क्षमता, वृक्षारोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको बताए ।

प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन जस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

“हामीले सदियौंदेखि अवलम्बन गर्दै आएको दिगो एवम् परम्परागत जीवनशैलीका कारण भारतको प्रति व्यक्ति कार्बन फुटप्रिन्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।”, प्रधानमन्त्री मोदीले भने । उनले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्वबारे चर्चा गर्दै पुरानै अवस्थामा फर्किने सिद्धान्तलाई पछ्याउन सबैलाई आग्रह गरे ।

सो अवसरमा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा उर्जा एजेण्डा २०३० साझेदारी’ को शुभारम्भ गरे । यस साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवम् वातावरण मैत्री बनाउनु रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : २८ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब