बागलुङको विद्यालय एक सातालाई बन्द, बलेवा क्षेत्रमा निषेधाज्ञा « Khabarhub

बागलुङको विद्यालय एक सातालाई बन्द, बलेवा क्षेत्रमा निषेधाज्ञा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा— विद्यालयमा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाले नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि लागू हुनेगरी सम्पूर्ण शिक्षण बन्द गर्ने निर्णय गरेको हो ।

शैक्षिक संस्था, ट्युसन, भाषा तयारी कक्षा तथा कोचिङ कक्षाहरु वैशाख १९ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी नेपालमा पनि बढ्दै गइरहेको र महामारीबाट बालबालिकाहरू बढी प्रभावित भएकाले सचेतना अपनाउनका लागि विद्यालय बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना मार्फत आइतबार वैशाख १२ गतेदेखि १९ गते सम्मका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्न आव्हान गरिएको छ ।

विद्यार्थीहरूलाई सुरक्षित राख्ने उद्देश्यले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए ।

बागलुङ नगरपालिकाकै बलेवा क्षेत्रका विद्यालयका बालबालिकामा कोरोना संक्रमण देखिएको भन्दै बलेवा क्षेत्रका ३ वटा वडामा दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय बागलुङले केही दिनअघि सार्वजनिक सूचना जारी गरी २५ जना भन्दा बढी मानिस भेला नहुन आह्वान गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ०५ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ