कुनै हालतमा एमालेबाट भागेर जादैनौँ : भीम रावल (भिडियोसहित) « Khabarhub

कुनै हालतमा एमालेबाट भागेर जादैनौँ : भीम रावल (भिडियोसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान खोजेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले ओलीले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने पनि बताए । उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे ।

नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनको भनाइ छ । उनले सांसद पद जाने गरी विधि–विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे ।

हेरौँ भिडियो

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए ।

उनले ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए । देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ०१ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा