राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय स्थापना


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वाग्मती प्रदेशको हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले बिहीबार वाग्मती प्रदेशको अन्य समूहतर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको एक पदको लागि आगामी जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

सो निर्वाचनको तयारीका सन्दर्भमा आयोगको आज बसेको बैठकबाट निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने कार्य समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै उपनिर्वाचनका लागि मतदानको समय बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९