दिन-रात नभनी मूल्य वृद्धिको अनुगमनमा वाणिज्य विभागको टोली (फोटोफिचर) « Khabarhub

दिन-रात नभनी मूल्य वृद्धिको अनुगमनमा वाणिज्य विभागको टोली (फोटोफिचर)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मूल्यवृद्धि भएको जनगुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दिन-रात नभनी अनुगमनलाई तीव्रता दिएको छ ।

हरियो तरकारी तथा कुखुराको मासुमा अस्वभाविक मूल्य विद्धि भएको गुनासो सम्बोधन गर्न स्थानीय प्रशासनको सहयोगमा उपभोक्ता अधिकारकर्मीहरुको सहभागितामा विभागले अनुगमनलाई तीव्रता दिएको हो ।

अनुगमन टोलीले बिहीबार मध्यरातमा काठमाडौं भित्रिने प्रमुख नाका थानकोटमै पुगेर अनुगमन गरेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले बताए ।

‘स्रोत मै अनुगमन गर्ने नीति अनुरुप हामी दिन रात नभनी काममा जुटेका छौँ, विहीबार मध्यरातमै उपत्यका प्रवेश गर्ने कखुरा र तरकारी बोकेको मालवाहक सवारी साधनको अनुगमन गरिएको हो ।’

थोक व्यवसायीबाट उनीहरूले श्रृंखलाबद्ध कारोबारको विवरण समेत लिएका थिए ।

विभागले व्यवसायीलाई तीन दिनभित्र व्यवसाय दर्ता, नविकरण तथा खरिद बिक्री कागजात पेश गर्न निर्देशन समेत दिएको छ ।

टोलीले अनुगमनका क्रममा उत्पादक र उपभोक्ता मूल्यबीच ठूलो अन्तर रहेको, उत्पादकदेखि उपभोक्तासम्म अस्वभाविक धेरै व्यापारिक तह रहेको, खरिद र बिक्री बिल बिजन नभएको फेला पारेको जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ५३ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य