दिन-रात नभनी मूल्य वृद्धिको अनुगमनमा वाणिज्य विभागको टोली (फोटोफिचर) « Khabarhub

दिन-रात नभनी मूल्य वृद्धिको अनुगमनमा वाणिज्य विभागको टोली (फोटोफिचर)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मूल्यवृद्धि भएको जनगुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दिन-रात नभनी अनुगमनलाई तीव्रता दिएको छ ।

हरियो तरकारी तथा कुखुराको मासुमा अस्वभाविक मूल्य विद्धि भएको गुनासो सम्बोधन गर्न स्थानीय प्रशासनको सहयोगमा उपभोक्ता अधिकारकर्मीहरुको सहभागितामा विभागले अनुगमनलाई तीव्रता दिएको हो ।

अनुगमन टोलीले बिहीबार मध्यरातमा काठमाडौं भित्रिने प्रमुख नाका थानकोटमै पुगेर अनुगमन गरेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले बताए ।

‘स्रोत मै अनुगमन गर्ने नीति अनुरुप हामी दिन रात नभनी काममा जुटेका छौँ, विहीबार मध्यरातमै उपत्यका प्रवेश गर्ने कखुरा र तरकारी बोकेको मालवाहक सवारी साधनको अनुगमन गरिएको हो ।’

थोक व्यवसायीबाट उनीहरूले श्रृंखलाबद्ध कारोबारको विवरण समेत लिएका थिए ।

विभागले व्यवसायीलाई तीन दिनभित्र व्यवसाय दर्ता, नविकरण तथा खरिद बिक्री कागजात पेश गर्न निर्देशन समेत दिएको छ ।

टोलीले अनुगमनका क्रममा उत्पादक र उपभोक्ता मूल्यबीच ठूलो अन्तर रहेको, उत्पादकदेखि उपभोक्तासम्म अस्वभाविक धेरै व्यापारिक तह रहेको, खरिद र बिक्री बिल बिजन नभएको फेला पारेको जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ५३ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष