एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता « Khabarhub

एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

जनकपुरबाट काठमाडौँ आउने वित्तिकै नेता नेपालले उपाध्यक्ष गौतमसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच पार्टी भित्रको आन्तरिक विवाद र आगामी योजनाका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटमा बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता गौतमबीच भएको ‘डिनर मिटिङ’माका विषयमा समेत कुराकानी भएको जनाइएको छ। डिनर मिटिङमा आफूले कुनै सहमति नजाएको नेता गौतमले नेता नेपाललाई बताएका थिए।

भेटमा गौतमले आफू एमालेको निर्वाचित उपाध्यक्ष रहेको भन्दै उपाध्यक्ष स्वतः स्थायी समितिमा हुने भन्दै शुक्रबार बनाइएको स्थायी समितिप्रति असहमति रहेको नेता नेपालाई बताएका छन् ।

जै नेकपा(एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव पक्षलाई नसमेटेरी ओलीले स्थायी कमिटी गठन गरेका थिए, जहाँ गौतमलाई भने समेटिएको छ ।

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल र गौतमबीच भेटलाई भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : १० बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वापको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा