भारतको सहयोगमा निर्मित पाल्पाका दुई विद्यालय र एक क्याम्पस भवन उद्घाटन | Khabarhub Khabarhub

भारतको सहयोगमा निर्मित पाल्पाका दुई विद्यालय र एक क्याम्पस भवन उद्घाटन


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा निर्मित पाल्पाका दुई विद्यालय र एक क्याम्पसको भवनको आज उद्घाटन गरिएको छ ।

श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन गरिएको हो ।

९ करोड ८३ लाख रूपैयाँ लागतमा निर्माण गरिएका भवनहरूको भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका हुन् ।

पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा सन् १९५२ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री रम्भादेवी उच्च माध्यमिक विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नत भएको थियो ।

हाल विद्यालयमा ६७५ विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ३ करोड २१ लाख अनुदानमा निर्मित यस तीन तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठा, गोष्ठी, कम्प्युटर, प्रधानाध्यापक, लेखा, कर्मचारी, प्रयोगशाला र अनुसन्धानका लागि एक–एकवटा कक्ष, कम्पाउन्ड वाल, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

त्यस्तै पाल्पा जिल्लाको तानसेन–५, बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नत भएको थियो । हाल यस विद्यालयमा ३५० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ४ करोड १३ लाख अनुदानमा निर्मित यस दुई तल्ले विद्यालय भवनमा ८ वटा कक्षाकोठा, २ वटा कार्यालय कक्ष, २ वटा प्राध्यापक कक्ष, कमन रुम सहितको २२ शैय्याको होस्टल भवन, चर्पी, पानी ट्याङ्की, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

यता, त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट सम्बन्धन प्राप्त श्री नव आदर्श बहुमुखी क्याम्पस पाल्पा जिल्लाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । क्याम्पसले कृषिको प्राविधिक कोर्ष र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

हाल क्याम्पसमा ३० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ९० प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. २ करोड ४८ लाख अनुदानमा निर्मित यस दुई तल्ले क्याम्पस भवनमा १३ वटा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, क्याम्पस प्रमुख, लेखा र प्राध्यापक, फर्निचर तथा कार्यालय उपकरण तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ३२ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै