परपुरुषसँगको सम्बन्धले खानामा विष हालेर श्रीमानको हत्या « Khabarhub

परपुरुषसँगको सम्बन्धले खानामा विष हालेर श्रीमानको हत्या


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परपुरुषसँगको सम्बन्धका कारण श्रीमानलाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस–२ घर भई हाल सूर्य विनायक नगरपालिका–४ डेरागरी बस्ने २९ वर्षीया पार्वती थापामगरलाई साँढे पाँच वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार अनुसन्धानका क्रममा पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारी पछि २०७२ माघ २७ गते घर फर्किएका थिए ।

माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको खाना खुवाई विद्यालय पठाइन् भने त्यसपछि पार्वतीले विष्णुलाई गहतको दाल, अण्डाकरीमा विष मिसाई खाना खुवाइन् ।

खाना खाएको केही समयपछि विष्णु गाह्रो भयो भन्दै उपचारका लागि मध्यपुर अस्पताल गएको र सोही दिन उनको ज्यान गएको थियो ।

अनुसन्धानका क्रममा घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खानाको नमूना परीक्षणका क्रममा २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको किटनाषक विषादी फेला परेपछि मृतकका भाइ लोकबहादुरले भाउजूबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

विष्णुको मृत्युपछि प्रयोगशालाको रिपोर्ट आउनु अगाडि वैदेशिक रोजगारीमा गएकी पार्वती नेपाल फर्किएलगत्तै भक्तपुर जिल्ला अदालतको आदेशमा कोठाबाटै उनलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा पार्वतीको श्रीमान् विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई हत्या गरेको खुल्न आएको जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ४६ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वापको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा