पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. म्याक डोनाल्ड

विश्वमा सबैभन्दा धेरै नाम चलेका र धेरै शाखा भएका विश्वप्रसिद्ध फास्टफुड रेष्टुराँहरुमध्ये म्याक डोनाल्ड एक हो । सन् १९४८ सालमा मउरिस र रिचर्ड म्याक डोनाल्डले यस रेष्टुराँको सुरुवात गरेका थिए । विश्वभर ११९ वटा देशहरुमा ३०,००० भन्दा बढी यसका शाखा छन् । यसको एक दिनको आम्दानी अमेरिकी डलर ५९,१७८,०८०।– बराबर छ ।

२. केशको बखान

एक महिनामा हाम्रो केश १ सेन्टिमिटर बढ्छ भने एक वर्षमा ५ इन्च बढ्छ । हाम्रो देश बढीमा २० इन्चभन्दा लामो हुन सक्दैन किनभने केशको आयु प्रायः ४ वर्षसम्म मात्र हुन्छ ।

३. पहिलो ट्याङ्क

युद्धमा प्रयोग हुने ट्याङ्क सबैभन्दा पहिला सन् १९१६ सालमा बेलायतले बनाएको हो, जसको नाम बिग बिली थियो ।

४. चिनियाँ टाइपराइटर

कुनै कुनै चिनियाँ टाइपराइटरमा ५,७०० वटा अक्षरहरुको थिच्ने key हुन्छ । यसको आकार पनि तीन फिट चौडाको हुन्छ । चाँडो टाइप गर्ने व्यक्तिले यसबाट एक मिनेटमा ११ वटा शब्द टाइप गर्न सक्छ ।

५. यन्त्रविनाको वायुयान

जर्मन आविष्कारक ओट्टो लिलिन्थल (१८४८–१९९६) ले ग्लाइडर बनाएर करिब २,००० पटक उडेका थिए । ग्लाइडरमै उड्ने क्रममा दुर्घटना भएर उनको मृत्यु भएको थियो ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : १२ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्