बायर्नको जितमा लेवान्डोस्कीको कीर्तिमान « Khabarhub

बायर्नको जितमा लेवान्डोस्कीको कीर्तिमान


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलको च्याम्पियन बायर्न म्युनिखले सिजनको सुखद अन्त्य गरेको छ ।

शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले एक/एक गोल गरे ।

बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गर्दा आन्द्रे हान र फ्लोरिनले एक/एक गोल फर्काए ।

यस खेलमा एक गोल गरेसँगै लेवान्डोस्कीले जारी सिजन ४१औँ गोल पूरा गरेका छन् । उनले २९ लिग खेलमा ४१ गोल पूरा गरेका हुन् । यो सँगै एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान उनले कायम गरेका छन् ।

लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ५५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६