ला लिगाको दोस्रो स्थानमा रियल मड्रिड | Khabarhub Khabarhub

ला लिगाको दोस्रो स्थानमा रियल मड्रिड


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दोस्रो स्थानमा रहँदै रियल मड्रिडले स्पेनिस ला लिगाको सुखद अन्त्य गरेको छ ।

सिजनको आफ्नो अन्तिम खेलमा पुनरागमन जित निकाल्दै रियल मड्रिडले सुखद अन्त्य गरेको हो ।

शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २-१ गोलको जित निकालेको हो ।

खेलको २०औँ मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

८७औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

रियल च्याम्पियन एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि पर्‍यो । दोस्रो स्थानको रियलले ३८ खेलमा ८४ अंक जोड्यो । एट्लेटिकोले ८६ अंक जोड्यो । भिल्ला ५८ अंक जोडेर सातौँ स्थानमा रह्यो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ४० बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल