नवलपारसीमा सेनाको जीप दुर्घटना, छ जना घाइते « Khabarhub

नवलपारसीमा सेनाको जीप दुर्घटना, छ जना घाइते


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना भएको छ ।

दुर्घटनामा सेनाका ६ जना घाइते भएका छन् ।  भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जीपमा १२ जना सवार थिए ।

घाइतेहरू सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना छन् । उनीहरूको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं. २ का ४० वर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ का ३१ वर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष २८ का मंगल वि.क, काभ्रेकै बनेपा नगरपालिका वडा नं. ८ वस्ने वर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं. ६ का वर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं. २ का वर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : १२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार