सामान्य स्वास्थ्य समस्या हुँदैमा कोरोना परीक्षण गर्न चिकित्सकको सुझाव | Khabarhub Khabarhub

सामान्य स्वास्थ्य समस्या हुँदैमा कोरोना परीक्षण गर्न चिकित्सकको सुझाव


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफलमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।

सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरे ।

सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् ।

अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिए ।

जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ ।

प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन् । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् ।

दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिकरूपमा कार्यक्रम आयोजना गरिएको बताए ।

महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ५५ बजे

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी