राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : एमाले नेता बस्नेत « Khabarhub

राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : एमाले नेता बस्नेत


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग आज उनले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको बताए ।

निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको भन्दै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताए ।

सरकारमा जान हतारो गरेका र सरकारको नेतृत्व लिने चाहना गरेकाहरुले मङ्सिरमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउन सक्छन् भन्दै उनले संसदले बिजनेस नपाएर ‘थारो गाई’ जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको बताए ।

“संसद थारो गाई जस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो”, उनले भने, “दलहरु बीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो ।”

गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते फैसला गरी राजनीतिक निकासका लागि बाटो खोलिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि पद्दति उल्लङ्घन गर्ने/गर्न लगाउने, सत्ता लिप्साका लागि कीर्ते हस्ताक्षर गर्ने/गराउने, पार्टीको निर्णय विपिरीत जाने/जान लगाउने जस्ता आपराधिक गतिविधिका कारण निर्वाचनमा जानुपरेको बताए ।

आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर सफल पार्नुपर्छ भन्दै उनले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले निर्वाचनको विरोध गरेको आरोप लगाए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ११ : १० बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन