कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैायाँमा भरपेट खाना « Khabarhub

कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैायाँमा भरपेट खाना


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई २० रुपैयाँ मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ ।

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो ।

शुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल बन्द भएपछि बिरामी तथा कुरुवाको समस्यालाई दृष्टिगत गरी साँझको पनि खाना खुवाउन शुरु गरिएको मण्डलका संरक्षक विजय गुप्ताले बताए ।

धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको मण्डलीद्वारा सञ्चालित रसोई घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । यसैबीच बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी—वर्मा सहयोगी हात’ बाँकेद्वारा रसोई घरलाई खाद्यान्न सहयोग गरिएको छ ।

उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नुन २० पोका, सक्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताए ।

यसअघि रसोईलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग गरेका थिए । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोईका सञ्चालकलाई २५ बोरी चामल, दुई बोरी अरहरको दाल, दुई बोरी सोयाबिन, दुई बोरी आयोडिन नुन र एक बोरी आलु हस्तान्तरण गरिएको छ ।

त्यसैगरी नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरी चामल र एक बोरी दाल सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोई घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ११ : २२ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई