महोत्तरीमा सात जनाको मृत्यु « Khabarhub

महोत्तरीमा सात जनाको मृत्यु


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उहाँको मृत्यु भएको हो ।

गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएको छ । आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट पाँचजनाको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १२ : ४८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार