एचडीयू जडान र अक्सिजन प्लान्ट राख्न दोलखाका २ अस्पताललाई २ करोड ३५ लाख « Khabarhub

एचडीयू जडान र अक्सिजन प्लान्ट राख्न दोलखाका २ अस्पताललाई २ करोड ३५ लाख


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखाको चरिकोट अस्पताल र जिरी अस्पतालमा एचडीयू जडान र अक्सिजन प्लान्ट राख्न २ करोड ३५ लाख रकम विनियोजन भएको छ ।

चरिकोट र जिरी दुई अस्पतालमा एचडीयू सेवा जडान गर्न र अक्सिजन प्लान्ट राख्न माग गरिएको रकममा अर्थ मन्त्रालयले स्वीकृत गरी रकम बिनियोजन गरेको हो ।

चरिकोट अस्पतालको लागि पाँच वेडको एचडीयू विस्तार गर्न ८० लाख जिरी अस्पतालमा पाँच वेडको एचडीयू सेवा विस्तार गर्न ८० लाख तथा चरिकोट अस्तपतालमा अक्सिजन प्लान्ट राख्न ७५ लाख रकम विनियोजन भएको छ ।

यी दुई अस्पतालमा एचडीयू सेवा विस्तार भए पछि विरामीहरुलाई सहज हुने भएको छ । जिल्लामा कोभिडको बिरामी दैनिक वृद्धि हुँदै गएको र आवश्यक उपकरण तथा प्रविधि नहुँदा समस्या हुन थाले पछि सेवा विस्तारका लागि संचार मन्त्री पार्वत गुरुङले स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम विनियोजनका लागि पहल गरेका थिए ।

चरिकोट अस्पालमा एचडीयु जडान भए पछि जिल्लाको सबै स्थानीय तहका बिरामीलाई सहज हुने भएको छ भने जिरी अस्पतालमा जिरी तथा रामेछापका बिरामीलाई समेत सहज हुने भएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु