दिल्लीको लकडाउन एक हप्ता थप « Khabarhub

दिल्लीको लकडाउन एक हप्ता थप


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि लकडाउन अवधि बढाइएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन पुनः एक साता थप्न आदेश दिएका हुन्। अब दिल्लीमा ३१ मेसम्म लकडाउन जारी रहनेछ।

१८ अप्रिलदेखि दिल्लीमा शुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो । मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेपछि लकडाउन हटाउने प्रक्रिया शुरु गर्ने बताएका छन् । ।

आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको उल्लेख गरे। अप्रिलमा संक्रमण दर ३७ प्रतिशत पुगेको र अहिले मानिसहरु कम संक्रमित भइरहेका केजरीवालको भनाइ थियो।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : ५३ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको