संसद् विघटनविरुद्ध रिट हाल्न सांसदहरूको हस्ताक्षर संकलन « Khabarhub

संसद् विघटनविरुद्ध रिट हाल्न सांसदहरूको हस्ताक्षर संकलन


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हाल्न विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन शुरू गरिएको छ ।

गत शुक्रबार मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विपक्षी दलहरू कानुनी लडाईंका लागि सर्वोच्च जान लागेका हुन् ।

विपक्षी गठनबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने १४९ सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकलन शुरू गरिएको छ।

पार्टीका आधारमा सांसदहरूको छुट्टा छुट्टै हस्ताक्षर संकलन गरिँदै छ । सबैको हस्ताक्षर संकलन गरेर संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी विपक्षी गठबन्धनको छ । यसैबीच नेकपा एमालेको माधव नेपाल समूहले भने नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आफू पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

नेपाल समूहका १९ सांसदको हस्ताक्षर संकलन भइसकेको नेता सुरेन्द्र पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना