सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट « Khabarhub

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी तथा लक्ष्मिकान्त चौधरीको एक/एक वटा घर पूर्ण रुपमा जलेको छ ।

आगलागीले सबैभन्दा बढी क्षति बन्हु चौधरीको घरमा भएको छ । उनले नयाँ घर निर्माणका लागि राखेको ६ लाख रुपैयाँ नगदसहित सबै सामान जलेको छ ।

यस्तै, आगलागीले शोभाकान्तको एउटा १२५ सिसीको डिस्कोभर मोटरसाइकलसहित घरभित्रका सबै सामान जलेको पीडित चौधरीले बताए ।

त्यस्तै, उमाकान्तको घरभित्र राखिएका ४ लाख बराबरको सुनको गहन समेत डढेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : २१ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको