सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट « Khabarhub

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी तथा लक्ष्मिकान्त चौधरीको एक/एक वटा घर पूर्ण रुपमा जलेको छ ।

आगलागीले सबैभन्दा बढी क्षति बन्हु चौधरीको घरमा भएको छ । उनले नयाँ घर निर्माणका लागि राखेको ६ लाख रुपैयाँ नगदसहित सबै सामान जलेको छ ।

यस्तै, आगलागीले शोभाकान्तको एउटा १२५ सिसीको डिस्कोभर मोटरसाइकलसहित घरभित्रका सबै सामान जलेको पीडित चौधरीले बताए ।

त्यस्तै, उमाकान्तको घरभित्र राखिएका ४ लाख बराबरको सुनको गहन समेत डढेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : २१ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल