राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने



काठमाडौँ– संसद विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।

आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार जाने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र सशरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए ।

उनले संसद विघटनविरुद्ध १४९ भन्दाबढी सांसदको हस्ताक्षर संकलन भएको दावी समेत गरेका छन् ।

उनले भने,‘एक सय ४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । रिटको तयारी भइरहेको छ । ड्राफ्ट चाँही टुंगिदैछ । बेलुकासम्म त्यो टुंगिन्छ । अनि भौतिक रुपमा बहुमत उपस्थित भएर हामी अदालतमा रिट दायर गर्न जाने अन्तिम तयारी भएको छ ।’ कागजपत्र, नागरिकता लगाएतका आवश्यक सबैको संकलनको काम सकिन लागेको उनले बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिम रुप दिनका लागि समय लागेको जानकारी दिए । उनले भने,‘फाइनल गर्दा अलिकति ढिला भयो भनेर भोलि सर्वोच्च जाने भनेर सबै संकलन भइसकेको छ । १ सय ४९ जना सबैको भइसकेको छ ।’

त्यस्तै माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत सबै कागजात संकलन भइसकेको र आज समय अभाव भएका कारणले भोलि बिहान १० बजे सर्वोच्चमा रिट लिएर जाने जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ५४ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६